६ साउन, काठमाडौँ । ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको ६.७ म्यानिच्युडको भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सयभदा बढी घाइते भएका छन् । यसमा परी मृत्यु भएका दुवै नागरिक विदेशी भएको बताइएको छ । अरु कैयौँ घाइते नागरिकको उद्वार जारी छ । टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०ं३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ । गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७४