५ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताएका छन । यसै महिनाको पहिलो हप्ता जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जी–२० को बैठकमा सहभागिताका लागि त्यहाँ गएका बेला उनले यसअघि नभनिएको अथवा गोप्य बैठक पुटिनसँग गर्नुभएको समाचार आएको थियो । सुरुमा उनले पुटिनसँग अलग्गै नभेटेको भनी अस्वीकार गरे । तर पछि अमेरिकी पत्रिकाले सो बैठकको समाचार सार्वजनिक गरेका थिए । राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी पुटिनबीच जर्मनीमा भएको जी–२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचारको ह्वाइटहाउसले पनि मङ्गलबार स्वीकार गरेको थियो । तर उसले सो भेटमा राजनीतिक भेटवार्ता भने नभएको स्पष्ट गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४