५ साउन, काठमाडौँ । इराकको पश्चिमी सहर हबिदमा बिहीबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा कम्तीमा आठ सर्वासधारण र एक सैनिकको मृत्यु भएको हो । यस आत्मघाती बम आक्रमणमा अन्य ११ व्यक्ति घाइते भएका छन् । पश्चिमी अन्बार प्रान्तको अल बागदादको छिमेकमा पर्ने यस सहरमा सो आक्रमण भएको बताइएको छ । सो आत्मघाती आक्रमणकारीले सर्वसधारण नागरिकलाई लक्ष्यगरी आक्रमण गरेको बताइएको छ । सो सहरमा यसै महिनाको सुरुमा पनि यस्तै आक्रमण भएको थियो । जसमा परी नौ जनाको ज्यान गएको थियो । राजधानी बग्दादाका एक प्रहरी अधिकृतले मारिने ११ जना नै सर्वसाधारण परेका बताएका छन् । उनले अरु ११ सर्वसाधारण पनि घाइते भएका पुष्टि गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४