५ साउन, काठमाडौँ । नेपाली काँग्रेसका भीमसेनदास प्रधानले व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो र सम्बन्धित निकायलाई त्यस्ता धराप पुर्न आग्रह गरे । संसद्को विशेष समयमा भाग लिँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यस निम्ति प्रदान गर्ने घोषणा गरे ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४