४ साउन, काठमाडौँ । बलत्कारी वाइसिएलका नेतालाई संरक्षण गरेर पीडितलाई झन पीडा दिने नेपाल प्रहरीका डिएसपी सञ्जि शर्मा दासको बढुवा रोकिएको छ । एसपीको बढुवाको सिफारिसमा परेका डिएसपी सञ्जिव शर्मा दासको बढुवा रोकिएको हो । बढुवाको सिफारिसमा परेका डिएसपी सञ्जिव शर्मालाई एक साता अघिमात्र मध्यक्षेत्र प्रहरी कार्यालयले बलत्कारीको संरक्षक बनेर पीडितलाई उल्टै दुःख दिएको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो । तर त्यसको तीनदिनपछि प्रहरी प्रधान कार्यालयले बढुवा हुने ३५ डिएसपीको सूचीमा दासको नाम अन्तिम नम्बर राखेर सूची सार्वजनिक गरेको थियो ।
सञ्चार माध्यममा शर्माको बारेमा समाचार प्रकाशित भएपछि कारबाहीका लागि गृहमन्त्री शर्माले निर्देशन दिएका छन । शर्माले बढुवा गर्दा भएको त्रुटी सच्याएर दासलाई तत्काल बढुवा नगर्ने र निलम्ब गरेर अनुसन्धान गर्ने जानकारी दिएका छन । डिएसपी सञ्जिव शर्मा दास ६ वर्ष अगाडि रामेछापको प्रहरी प्रमुख हुँदा हालको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षकी सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न आरोपी वाइसिएल नेतालाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए । तत्कालीन अवस्थामा उनीसँगै घटनालाई दबाएको र पीडितलाई सहयोग नगरेको भन्दै १२ जना प्रहरीलाई कारबाही गरेको थियो । मुख्य अभियुक्त वाइसिएल रामेछापका तत्कालीन नेता श्याम राउतलाई उन्मुक्ति दिई शर्माले भगाए पनि हालका रामेछापका प्रहरी प्रमुख कुमुद ढुंगेलको नेतृत्वमा राउतलाई भारतीय सीमाबाट प्रक्रउ गरी नेपाल ल्याएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।
डिएसपी शर्माले पीडित परिवारसँग यसरी भनेका थिए तिम्रो खेत पास गर्देउ भनेर हेर्नुहोस भिडियो
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४