४ साउन, मकवानपुर । मकवानपुरबाट बुधबार बिहान सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित सातजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीबल हेटाैँडाले ३० किलो चरेससहित सातजनालाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटको ट्याक्सीसहित ३३ हजार ६ सय ९० भारतीय रुपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरीबल हेटौंडाका प्रहरी नायब उपरीक्षक त्रिभुवन बिष्टले जानकारी दिएका दिए । प्रहरीले चरेशसहित मकवानपुरको साबिकको आग्राका बिक्रम स्याङतान र हिरा स्याङतान, भारत लखनौका निर्भय सिंह, भारत रक्सौलका मुकेश सराफ, भारत मोतिहारी रमगड्वाका कलावती देवी, रौतहट राजपुर फरादवाका कमला खातुन र रौतहट बलराका सरोज पटेललाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४