२ साउन, काठमाडौँ । भेनेजुएलाको राजधानी कारकासमा भोट हाल्न लाइनमा बसेको एक जनाको गोली हानी हत्या भएको छ । विपक्षीहरुले गरेको ‘जनमत संग्रह’मा भोट हाल्न लाइनमा बसेकी एक महिलाको हत्या भएको त्यहाँको प्रहरीले जनाएको छ । मृतक ६१ वर्षीय नर्स जिओमार सोलिडाड स्कट रहेको र उनलाई मोटरसाइकलमा आएको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७४