१ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बरालले बैठक नै नराखेपछि १० जना सदस्यले बोर्ड बैठक राख्न २४ घण्टे अल्टिमेटम दिएका छन । बैठक बोलाउन कुनै तदारुकता नदेखाएको भन्दै प्रेस काउसिन्सलका बोर्ड सदस्यहरुले तत्काल बैठक डाक्न माग गर्दै आइतबार काउन्सिलमा निवेदन दर्ता गराएका छन् । निवेदनमा ११ जनाको नाम भएपनि ७ जनाले मात्रै हस्ताक्षर गरेका छन् । जेठ यता कुनै बैठक नबसकेको र शुक्रबारको बैठक अध्यक्षले बिना कारण स्थगित गरेको आरोप ती सदस्यहरुको छ । ‘प्रेस काउन्सिल नेपालले तत्काल सम्बोधन गर्नुपर्ने गम्भीर प्रकृतिका नीतिगत विषयमा छलफल गर्ने काउन्सिलको बोर्ड बैठक जरुरी भएकोमा बोर्ड बैठक नबोलाउने, बोलाइएको बैठक पनि अन्तिम समयमा बिना कारण स्थगित गर्ने एवम् काउन्सिलका अध्यक्ष स्वयम्का विरोधाभास पूर्ण अभिव्यक्तिका कारण अन्योल उत्पन्न भएकाले काउन्सिलको भूमिका र अस्तित्वकै सन्दर्भमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता महसुस भएकाले २४ घन्टाभित्र बोर्ड बैठक बोलाउन हामी बोर्डका सबै सदस्यहरु सामुहिक माग गदैछौँ,’ निवेदनमा भनिएको छ । निवेदनमा बोर्ड सदस्य किशोर श्रेष्ठ, महेन्द्र विष्ट, सुदर्शन आचार्य, शुभेच्छा बिन्दु तुलाधर, गोविन्द चौलागाई, चेतनाथ धमला र संगीता खड्काले हस्ताक्षर गर्नु भएको छ। खिलबहादुर भण्डारी, ईश्वरी ओझा र नवलकिशोर यादवले भने निवेदनप्रति समर्थन रहेको बताएका छन ।
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४