३० असार, काठमाडौँ । मेक्सिकोमा जन्मदिनको पार्टीमा गोलाबारी हुँदा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको प्रहरीेले जनाएको छ । गएको मे महिनामा मात्रै मेक्सिकोमा २ हजार १ सय ८६ जनाको हत्या भएको तथ्याङ रहेको बिबिसीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४