२९ असार, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी एजेन्सीले एमालेविरुद्ध पैसा बाँडिरहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले विदेशी एजेन्सीले पैसा बाँडेर नेता कार्यकर्तालाई पार्टी छाड्न दबाव दिइरहेको बताए । उनले बुधबार साँझमात्रै पनि त्यो एजेन्सीले एमालेविरुद्ध अन्य दलका नेताको बैठक राखेको दाबी गरे । अध्यक्ष ओलीले आज एमालेविरुद्ध विदेशी एजेन्सी प्रयोग हुँदा खुसी हुनेहरु भोलि त्यसको शिकार हुन सक्ने टिप्पणी गरे । उनले संविधान संशोधनलाई सत्तापक्षले एमालेविरुद्ध प्रहार गर्ने हतियारमात्र बनाएको तर मधेसको समस्या समाधान गर्न नचाहेको आरोप लगाए । उनले संविधान संशोधनलाई सहमतिबाट टुंगो लगाउँ भन्दा सरकारले प्रस्ताव नै बोकेर हिँडेको आरोप लगाए ।
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४