२९ असार, काठमाडौँ । केन्द्रीय प्रहरी समाचार डेस्कले विभिन्न जिल्लामा एकै दिन ९ जनाको डुबेर मृत्यु भएको जनाएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ६ जना मृत अवस्थामा फेला परेको छन । प्रहरीको बिबरण
कैलालीः धनगढी उपमहानगरपालिका–१ त्रिबेणी घाटस्थित मोहना नदिमा नुहाउने क्रममा बुधबार क्याम्पस चोक बस्ने १५ वर्षीय बिराज चौधरीको डुबेर मृत्यु भएको छ ।
बर्दियाः बडैयाताल गाउँपालिका–३ जोडि पिपल बस्ने कालुसिंह महराको १२ वर्षीय छोरा राजेश महरा र राम सिंह महराको १० वर्षीय छोरा पवन महराको चपला नाला तर्ने क्रममा बुधबार डुबेर मृत्यु भएको छ ।
दाङः शान्तिनगर गाउँपालिका–३ अधेरी बस्ने निशा ठाडा मगरकी २ वर्षीया छोरी सिरुसा ठाडा मगर आफ्नै घरमा खेल्ने क्रममा गाईभैसीलाई पानी खुवाउने सिमेण्टको डुडमा डुबेर घाइते भएकीले राप्ती अंञ्चल अस्पताल तुलसीपुर लगेकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
सर्लाहीः बागमती नगरपालिका–७ बस्ने नरबहादुर सिंजाली मगरको १४ वर्षीय छोरा ज्ञानी सिंजाली मगरलाई बागमती खोलामा पौडि खेल्ने क्रममा खोलाले बगाएकाले उद्दार गरी उपचारको लागि बरहथवातर्फ लैजाने क्रममा बुधबार बाटोमै मृत्यु भएको छ ।
अछामः चौरपाट्टी गाउँपालिका–६ लिहुरसैन बस्ने ज्योती साउदको ९ वर्षीय छोरा पदम साउद आफ्नै घरबाट करीब १ कि.मि.दक्षिण भाटुलेकमा बुधबार सिँचाईको लागि बनाएको पानीको ट्याङकीमा डुबेर मृत फेला छन् ।
चितवनः भरतपुर महानगरपालिका–२ स्थित नहरमा नुहाउने क्रममा तनहुं सिमल–९ घर भई हाल भरतपुर–२ आदर्शटोलमा डेरा गरी बस्ने नरबहादुर आलेको १२ वर्षीय छोरा प्रविन आले मगरको बुधबार डुबेर मृत्यु भएको छ ।
बाँकेः खजुरा गाउँपालिका–८ सुनैलो टोल बस्ने तर्थबहादुर शाहीको ७ वर्षीय छोरा दिलिप शाही घर नजिकै खेल्न गएकोमा बेलुका सम्म पनि घरमा नआएपछी खोजतलास गर्ने क्रममा नजिकै रहेको पानी जम्मा भएको नालाको पानीमा डुबेर मृत फेला परेका छन् ।
महोत्तरीः मनरा–२ ईटहर्वाकट्टी बस्ने मुकेश पण्डितको १४ वर्षीय छोरा महिनाको खुनाल पण्डित घरदेखि करीब २५ मिटर पश्चिम पट्टि खेतमा जमेको पानीमा बुधबार मृत फेला पारेका छन् ।
कपिलबस्तुः भैरहवा स्थित ठुटीपिपल बस्ने ५ वर्षीया एलिआना गुरुङ कपिलबस्तु बुद्धभुमि नगरपालिका–३ घनचौरामा बुधबार कुलोमा खेल्ने क्रममा डुबेर घाइते भएकीले सामुदायिक अस्पताल पिपरामा लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत फेला परेका बिबरण
सर्लाहीः मलंगवा नगरपालिका–११ गम्हरिया चोकमा हाल नाम, थर, वतन नखुलेको तराई मुलको जस्तो देखिने मानसिक सन्तुलन ठिक नभएको मांगी खाई हिँड्ने करीब ३० वर्षीय पुरुष व्यक्ति बुधबार मृत फेला परेका छन्
रुपन्देहीः रुपन्देही सिद्दार्थनगर नगरपालिका–१ बसपार्क स्थित सडकमा हाल नाम, थर, वतन नखुलेको करीब ४० वर्षीय व्यक्ति बुधबार मृत फेला परेका छन् ।
काठमाडौंः गोकर्णेश्वर नगरपालिका–४ माकलबारी स्थित ढलाने पुल मुनी बागमती नदी किनारमा बिहिबार नदीले बगाएर ल्याएको जस्तो देखिने हाल नाम, थर, वतन नखुलेकी करीब ५२ वर्षीया महिलाको शव फेला परेको छ ।
पाल्पाः तिनाउँ गाउँपालिका–५ चर्चरे स्थित तिनाउँ खोलाको किनारमा बुधबार पाल्पा माखागडी–१ घर भएकी ४० वर्षीया महिला मायाँ गाहाको शव फेला परेको छ ।
दैलेखः दुल्लु नगरपालिका–११ काल भैरव स्थित छामघाट खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेको करीब ४५ वर्षीय पुरुष बुधबार मृत फेला परेका छन् ।
कैलालीः गोदावरी नगरपालिका–२ स्थित रहेको होटल नेचुरल एण्ड लजमा कैलाली भजनी नगरपालिका–४ खैलाड घर भई ईलाका प्रहरी कार्यालय जोगगुडा डडेलधुरा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय शेरबहादुर बुढाथोकी होटलको ५ नम्बर कोठामा बिहिबार मृत फेला परेका छन् । थप अनुुसन्धानको लागि प्रहरीले बुढाथोकी सँगै बसेकी ३५ वर्षीया बन्धना साउतलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।