२८ असार, काठमाडौँ । चिकित्सक संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसीले मनमोहन मेमोरियल अस्पताल र त्यहाँ कार्यरत चिकित्सक माथि लागेका आरोपहरु निराधार भएको बताएका छन । आजकोन्युजसँग संक्षिप्त कुरा गर्दै पूर्व अध्यक्ष डा केसीले मनमहोन अस्पताललाई धराशायी बनाउन रचिएको कपोल्पित प्रोपोगाण्डा बाहेक केही नभएको बताए । उनले भने, ‘बोकाको मिर्गौँला हो र खल्तीमा हालेर चोरी तस्करी गर्न ?’ उनले नुवाकोटका शिव रिमालको ज्यान बचाउन वरिष्ठ शल्य चिकित्सक प्रा गुणकुमार श्रेष्ठले एउटा मिर्गौला झिक्नु परेको बाध्यतालाई तोडमोड गर्दै चिकित्सक र अस्पतालको हुर्मत लिने काम भएको बताए ।
केसीको प्रतिक्रिया यहाँ हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४