१२ असार, भोजपुर । भोजपुरमा तीन बालबालिका मृत अवस्थामा फेला परेका छन । आइतबारदेखि हराइरहेका बालबालिका सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन । भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बालबालिका प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पोखरीमा १४ वर्ष, १३ वर्षका दुई बालक र १२ वर्षकी बालिका मृत अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । घटना कसरी भएको भन्ने बारे जानकारी नभएको र घटना शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेसहितको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ११, २०७४