काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफु पार्टी फुटको साक्षी बस्न नसक्ने बताएका छन् ।उनले पार्टी एकतामा जोड दिने भन्दै कसैको गुटको पछि नलाग्ने बताएका छन्।
उनले भनेका छन्, ‘मन्त्रिपरिषद्ले संसद भङ्ग र मध्यवधि निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन ।
त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दूर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’
अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक,भेलामा भाग नलिने निर्णय मैले गरेँ ।’ उनले केपी ओलीले गरेको भेला होस् वा अरुहरुले गरेको भेला नै किन नहोस ती सबै पार्टी फुटाउनका निम्ति भइरहेको पनि बताएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७