काठमाडौँ ।काठमाडौंमा यातायातका साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली हट्ने भएको छ । भोली अर्थात् शुक्रबारदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको हो ।
कोरोना माहामारीका कारण सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीका कारण उपत्यकामा झनै भीड बढेको भन्दै शक्रबारदेखी जोर-बिजोर प्रणाली हटाइने निर्णय गरिएको हो ।
बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौँमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर(बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।
जोर-बिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । ‘
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७