काठमाडौँ । काठमाडौँको शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको बुझिएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् ।
सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ । केहीबेर अघिबाट शुरू भएको आगो निभाउन प्रयास भइरहेको बस्नेतले बताए । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७