११ असार, काठमाडौँ । शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड ११ घण्टापछि खुलेको छ । सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार राति ९ बजेदेखि बाटो अवरुद्ध हुँदा यात्रुले सडक छेउछाउ र गाडी भित्र रात बिताए थिए । सामान्य झरी पर्दा पनि पहिरो खसेर सडक अवरुद्ध हुन थाले पछि सडक ओहारदोहोर गर्ने यात्रुहरु त्रसित बनेका छन् । आयोजनाले जोखिम बढेकाले वैकल्पिम मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
.jpg)
यसैबिच यो सडकखण्डमा आइतबार दिउँसो पनि गाडी चलाउन दिइने भएको छ । सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजसम्म बाटो बन्द गरिने गरेकोमा रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार १०, २०७४