१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई असार १५ गतेदेखि चिकित्सकको टोली पठाएर वृद्धवृद्धाको घरमै स्वास्थ्य जाँच गर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्ले जानकारी दिए । यसैबीच जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय पनि महानगरले गरेको छ । चर्को आलोचनापछि नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय केही समयअघि महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले गरेको छ । महानगरको हालै बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिलाई रु ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचनापछि कार्यान्वयन नहुने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४