काठमाडौं- सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारको निर्णय विरुद्ध दायर भएको रिट जारी हुने फैसला सुनाएको हो।
सर्वोच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ। यो फैसलाको पूर्णपाठ भने बुधबार मात्र सार्वजनिक हुने भएको छ। खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट सर्वोच्चमा दायर गरेका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७