काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो। नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो। जुन उचाइ सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरेको हो।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७