काठमाडौं- सरकारले सगरमाथाको उचाइ आज सार्वजनिक हुँदै छ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई स्वीकृति दिएपछि सार्वजनिक गर्न लागिएको हो।
नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ। भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मास प्रस्ताव पेस गरेकी थिइन्।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७