–शरद सापकोटा
९ असार, दोलखा । भूकम्प पछाडिको पुनर्निर्माण कार्य दोलखाजिल्लामा२० प्रतिशतले नाघेको छ । देशभरको पुनर्निर्माण औसत दर ५ प्रतिशत रहेका बेला दोलखामानिर्माण कार्य निकै अघि बढेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधीकरण जिल्ला समन्वय समितिकार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखाजिल्लामा १२ हजार भन्दा बढी घरपरिवारले दोस्रो किस्ता रकमलिएर धमाधम घरहरु बनाईरहेका छन् ।
हालसम्मप्राधीकरणसँग ५२ हजार ३ सय ३३ सेवाग्राहीको नामावली रहेको छ जसमध्ये ४९ हजार ३ सय ८६ जनाले घर निर्माणको सम्झौता गरेका छन् भने ४६ हजार जनाले पहिलो कस्ता रकमबुझेका छन् । भूकम्प प्रभावित अन्य जिल्लाको काम निकै पछाडि रहँदा दोलखा धेरैै अगाडि बढेकोमा खुशी ब्यक्त गर्छन, प्राधीकरणका प्रमुख सागर आचार्य ।

व्यक्तिगत घरहरुमात्रनभई पुनर्निर्माण सुरु भएको १५ महिनामा नै जिल्लाभर कुल क्षतिग्रस्त ३ सय ६६ विद्यालयमध्ये १ सय १२ वटा, ४७ स्वास्थ्य संस्थामध्ये २१ वटा र २७ वटा मठमन्दिर मध्ये १० वटा निर्माणको अन्तिम चरणमा छन् । यो गति हेर्दा अबको पाँच बर्षभित्र दोलखा जिल्लाको पुनर्निर्माण कार्य पुरा हुने दावी आचार्यको रहेको छ ।
उनका अनुसार जिल्लामा सबै पक्षको सहयोग, आपूर्ती समिति, राजनीतिक दल, माननीय सांसदहरु, कार्यालय प्रमुख, उद्योग वाणिज्य संघ, संघसंस्थासँगको नियमित बैठक, दक्ष जनशक्ति उत्पादन तालिमलाई बिशेष प्राथमिकता, मापदण्डमा नपरेका घरहरुलाई समेट्ने जुक्ति, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग ब्यवस्थित समन्वय जस्ता कुराले पुनर्निर्माणले गति पाएको हो ।
अझै पनि आवश्यक मात्रामा दक्ष जनशक्ति र निर्माण सामग्रीको अभाव कायमै रहेको छ । यो बाहेक २१ हजार ८ सय जनाको गुनासो फाराम भरिएकोमा सम्बोधन हुन सकेको छैन । अब स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरु आइसकेकाले पुनर्निर्माण कार्य सहज हुदै जाने देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार ८, २०७४