९ असार, धादिङ । धादिङमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ्ग गाँउपालिका–९ स्थित हुग्दी खोलामा शुक्रबार विहान भएको ट्रक दुर्घटनामा परी तिन जनाको मृत्यु भएको हो । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नम्वरको ट्रक हुग्दी खोलाको पुलबाट खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोटकी १९ वर्षीय सन्जु राई, पर्सा ठोरीका जिवन लामा र सिमारा गडिमाईका नरबहादर खत्री रहेको प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमै र जिवन लामाको उपचारका लागी अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तस्बीरहरुः विश्व दिपको फेसबुकबाट ।
प्रकाशित मिति: बिहीबार, असार ८, २०७४