९ असार, काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान र ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा ३ जना हराइरहेका छन् । गएराती करीब १ बजे नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा खसेको पहिरो पन्छाएर फर्कदै गरेको प्रहरीको जीप र अर्को एउटा ट्रक ३ किलो भन्ने स्थानमा अकस्मात खसेको पहिरोमा परेर बगेकाे थियो । घटनामा प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक कुमार मास्केको शव फेला परेको प्रहरीले जनाएको छ । जीपमा रहेका प्रहरी जवान सन्दिप कार्की र लील बहादुर चेपाङको अवस्था अज्ञात छ । यस्तै ट्रक सहायोगी घाइते छन् भने ड्राइभर पनि भेटिएका छन । पहिरोमा ना ५ ख ७८२७ नम्बरको ट्रक र ना १ झ ९३ नम्बरको भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले बताए ।

प्रकाशित मिति: बिहीबार, असार ८, २०७४