८ असार, काठमाडौँ । यार्सा संकलन गरेर घर फर्कने क्रममा दार्चुलामा एकजनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–५ सिप्टीका ३२ वर्षका नरेन्द्रसिंह ठगुन्नाको ज्यान गएको प्रहरीले जनाएको छ । यार्सा संकलनको क्रममा यसअघि अपि हिमाल गाउँपालिकामा मात्रै तीनजनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ७, २०७४