८ असार, काठमाडौँ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ । दिउँसो ४ बजेर ३० मिनेटदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुनेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को नियम अनुसार प्रत्येक दुइ÷दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले गर्नुपर्ने ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ का लागि बन्द गर्न लागिएको ठाकुरले बताए ।
प्रकाशित मिति: बुधबार, असार ७, २०७४