७ असार, काठमाडौँ । साउदी अरबका राजाले आफ्नो छोरा मोहम्मद बिन सलमानलाई नयाँ राजकुमार घोषणा गर्दै आफ्नो उत्तराधिकारी तोकेका छन् । साउदी राजाले आफ्ना भतिज मोहम्मद बिन नायफलाई हटाउँदै ३१ वर्षका सलमानलाई आफ्नो उत्तराधिकारीको रुपमा अगाडि ल्याएका हुन् । मोहम्मद बिन सलमानलाई नयाँ जिम्मेवारी दिइनुभन्दा पहिले साउदी अरबको यमनसँगको युद्धमामिला, राज्यको उर्जा नीति र आर्थिक सुधारको जिम्मेवारी दिइएको थियो । अहिलेका साउदी राजा अब्दुल्ला बिन अब्दुल्ला अजिज अल साउद ८१ वर्ष पुगेको र स्वास्थ्यमा समस्या भएकोले नयाँ राजकुमारले छिट्टै साउदी अरबको गद्दी सम्हाल्ने सम्भावना रहेको देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, असार ६, २०७४