६ असार, काठमाडाैँ । आगामी असार ३० गते हुन गइरहेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा कांग्रेसबिरुद्ध एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर उम्मेदवारी घोषणा गरेको छ । ब्यवसायीको हक हितका लागि तालमेल जरुरी रहेको निश्कर्षसहित एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्चसहित ६ ओटा संस्थाहरूले रोहन गुरुङको नेतृत्वमा संयुक्त ब्यावसायिक समुहको घोषणा गरेको हो ।गुरूङ संघका वर्तमान महासचिव हुन ।
मंगलबार गाैशलाको अनुपम फुडल्याण्डमा अायोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गरियो । एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्चसहित ६ ओटा संस्थाको तर्फबाट रोहन गुरुङको नेतृत्वमा निर्वाचनमा होमिएको संयुक्त ब्यावसायिक समुह एकदमै समावेशी देखिएको छ ।

समुहले अध्यक्षमा रोहन गुरुङ, प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्धितीय उपाध्यक्षमा महिला ब्यवसायी शुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन र महासचिवमा नरेश गेलाललाई उम्मेदवार बनाएको छ । यस्तै सचिवमा इशवर जीसी र कोषध्यक्षमा रमिला ताम्राकार रोकाया मगरलाई उम्मेदवार बनाउने निर्णय संयुक्त समुहले गरेको छ । अध्यक्षका उम्मेदवार गुरुङ संघका बर्तमान महासचिव हुन । उनी ब्यवसायीको हितबिरोधी सरकारको निर्णयबिरुद्ध दह्रो अडानका साथ आन्दोलनको नेतृत्व गर्ने ब्यवसायी नेतासमेत हुन ।

कार्यक्रममा एमाले सांसद प्रकाश ज्वाला र माअोवादी सांसद श्याम श्रेष्ठले उम्मेदवारहरूलाइ विजयको लागि शुभकामना दिए ।
प्रकाशित मिति: सोमबार, असार ५, २०७४