६ असार, काठमाडौँ । चरम यातनापछि उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको मृत्यु भएको छ । १५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको उनको परिवारले जनाएको छ । रिहा हुँदा ओटो कोमामा रहेको र अमेरिकाको सिनसिनाटीस्थित घर पुगे लगत्तै अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले ओटोमा गम्भीर दिमागी विमारी रहेको बताएका थिए ओटोको परिवारले उत्तर कोरियामा दिइएको यातनाका कारण ओटो कोमामा गएको आरोप लगाएका छन ।
प्रकाशित मिति: सोमबार, असार ५, २०७४