५ असार, काठमाडौँ निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि चार दिन शैक्षिक संस्थामा बिदा दिन आग्रह गरेको छ । दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ का सम्पूर्ण शैक्षिक संस्था असार ११ देखि १४ गतेसम्म बिदा दिन आग्रह गरिएको छ । आयोगले सोमबार जारी गरेकोे विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा २०७४ असार ११ देखि २०७४ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको छ ।’ त्यस्तै मतदानको दिन सार्वजनिक बिदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार ४, २०७४