४ असार, काठमाडौँ । अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको मृत्यु भएको छ । अमेरिकाको अलास्काको डेनाली माउण्ट आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको हो । उनको नेशनलपार्कस्थित सो हिमाल आरोहण गर्नेक्रममा शुक्रबार नै मृत्यु भएको बुझिएको छ । वासिङटन डिसीमा रहेको नेपाली दूतावासले मृत्युको खबर आए पनि थप बिबरण नपाएको जनाएको छ । राजदूत अर्जुन कार्कीले मृत्युको खबर प्राप्त गरे पनि विस्तृत कारण थाहा नभएको बताए । मौसम प्रतिकुलताको कारण पण्डितको शव ल्याउनै समस्या भएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, असार ३, २०७४