४ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित इटहरीस्थित यातायात सवारी कार्यालय कोशीका ८ जना कर्मचारीविरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ । अयोगे एकसठ्ठी करोड एक्काइस लाख अठ्ठाइस हजार पााँच सय पचपन्न रुपैयााँ वीस पैसा राजश्व हिनामिना गरेको अनुसन्धानबाट खुलेपछि संलग्न कर्मचारीविरुद्व आइतवार विशेष अदालतमा मुद्दा दायर गरेकोे हो । यातायात कार्यालयमा ठूलो अनियमितता भएको सूचना पाएपछि दुई महिनाअघि नै यातायात व्यवस्था विभागले त्यसमा मुछिएका कर्मचारीलाई निलम्बन गरी अनुसन्धानका लागि अख्तियार गुहारेको थियो । कार्यालयका हालका प्रमुख नयराज नेपाल र तत्कालिन प्रमुख सहित ८ जना कर्मचारीविरुद्व अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अख्तियारले ती दुवै कर्मचारीसहित ८ जनालाई दोषी ठह¥याएको छ । कर्मचारीले सेवाग्राहीबाट उठाएको सवारी कर लगायतका पैसा सरकारी ढुकुटीमा नराखी सफ्टवेरको माध्यमबाट अनियमितता गरी भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । कर्मचारीले करीव ३ वर्षको अवधिमा यति ठूलो भ्रष्टाचार गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, असार ३, २०७४