४ असार, काठमाडौँ । कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको युएईले बताएको छ । युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी, इजिप्ट र बहराइनले पनि कतार माथि विश्वास गर्न नसक्ने बताए । उनले कतारमाथि निगरानी राख्ने संयन्त्रको आवश्यकता भएको दाबी गरे । जसका लागि पश्चिमा देशहरुको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार ३, २०७४