१ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाजिक सञ्जाल मार्फत प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय अदूरदर्शी र अपरिपक्क भएको बताएका छन् । सरकारकाले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय गरेको छ । यो सहमतिबारे प्रतिक्रिया जनाउँदै रापप्रा अध्यक्ष थापाले चुनाव सार्ने निर्णय गलत भएको बताए । उनले भने, ‘निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ ।’
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४