१ असार, काठमाडौं । भोलि अर्थात असार २ गते उम्मेदवारको मनोनयन दर्ता नहुने भएको छ । सरकारकाले राष्ट्रिय जनता पार्टीसँग सहमति गरेर निर्वाचन आयोगलाई दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सार्न आग्रह गरेपिछ अायोगले बिहीबार सोही अनुसारको निर्णय गरेको छ । सरकारले असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय ४ गते सार्न आग्रह गरेको थियो । अायोगले तीनै प्रदेशमा असार ४ गते आइतबार मनोनयन दर्ता गर्ने निर्णय गरेको हो । यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४