१ असार, काठमाडौँ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् । २४ तले ग्रेनफे टावरमा एक सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ । आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको र धेरैजसो सुतिरहेका थिए । टावरमा अझै पनि केही मानिस फसेको र केही बच्ने प्रयासमा झ्यालबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानमन्त्री टिरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताउनुभएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागीमा परि घाइते भएका ७८ जनाको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १८ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४