३० जेठ, काठमाडौँ । नेकपा एमालेले दोस्रो चरणको निर्वाचन सार्ने खेल भइरहेको भन्दै सजग हुन सबैलाई आग्रह गरेको छ । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन पछि सार्ने षडयन्त्र भइरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले सबैलाई सजग रहन आग्रह गरेको हो । पार्टी कार्यालयमा मंगलबार बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयन समितिको बैठकले कुनै बहानामा निर्वाचन पछि सारेर मुलुकलाई अस्थिरता तर्फ नधकेल्न सरकारलाई आग्रह समेत गरको छ । राष्ट्रिय जनता पार्टी राजपाको नामबाट भएका अराजनीतिक गतिविधिको भत्र्सना गर्दै शान्ति सुरक्षा कायम राख्न सरकारसँग माग गरिएको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनले राजपाको नामबाट कंग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायत दलका कार्यकर्तालाई कुटपिट गर्ने, सार्वजनिक र सरकारी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने, कर्मचारीमाथि दुव्र्यवहारका घटाना तत्काल रोक्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको बताए । एमालेले सबै खाले अराजनीतिक गतिविधी र निर्वाचनलाई प्रतिकुल असर पर्ने कार्यक्रम वन्द गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपालाई आव्ह्वान पनि गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४