३० जेठ, काठमाडौँ । ट्रफिक प्रहरीले जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग असुल्दै आएको दुई सय रुपैयाँ जरिवाना हटेको छ । चर्को आलोचनापछि जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको २०० रुपैयाँ जरिवाना हटाइएको तर कारबाही प्रक्रिया नरोकिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जथाभावी सडक पार गर्नेहरु धेरै नै घटेको भन्दै अब जरिवाना हटाउने तर कक्षा लिने व्यवस्था गर्ने बताए । गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए । जेठ १६ गतेबाट सुरु भएको कारबाहीमा झण्डै २० हजार पैदलयात्रु परिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४