२९ जेठ, काठमाडौँ । साउदी सरकारले कामदारसँग मासिक १ सय रियाल ‘लेभि’ उठाउने भएको छ । त्यहाँको सरकारले नेपाली सहित अप्रवासी कामदारसँग मासिक १ सय रियाल लेभी लिने निर्णय गरेको हो । उनीहरुे आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अहिले साउदीमा कार्यरत आप्रवासी कामदारको लागि प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको थियो । तर यसले साउदीको राजस्वमा घाटा भएको भन्दै कामदारबाट लिने नियम ल्याइएको साउदीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४