२९ जेठ, खोटाङ । आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन् । नेकपा (एमाले)बाट दीपनारायण रिजाल, नेकपा (माओवादी केन्द्र)बाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ । यद्यपि, एउटै वडामा तीनजना उम्मेदवार देखिए पनि जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १२ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४