१८ जेठ, काठमाडौँ । राष्ट्रिय जनता पार्टी आन्दोलनामा जाने भएको छ । केही दिन अघिमात्र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिएर जिताएको राजपा एक साता नबित्दै आज आन्दोलनको कार्यक्रम घोषणाको तयारीमा जुटेको छ । आज दिउँसो ४ बजे तमलोपाको कार्यालयमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरिने राजापा नेता केशव झाले जानकारी दिए । आज अन्तिम भनिएको वार्तामा सत्तारुड दलहरु कांग्रेस र माओवादीसँग सहमति नजुटेपछि राजपाले आफ्नो माग पूरा गराउन आन्दोलनको निर्णय गरेको हो ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४