२८ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको जेनेभा भ्रमणलाई औपचारिक बनाउने निर्णय गरेको छ । भण्डारी जेठ ३० मा जेनेभामा हुन लागेको विश्व श्रम संगठन (आइएलओ)को महासभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ । भण्डारी कि नोट स्पिकरका रुपमा सम्मेलनमा सहभागी हुनेछिन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमणलाई औपचारिक भ्रमण बनाउने निर्णय गरेको हो । यस्तै बैठकले २० जना सरकारी कर्मचारीलाई जापानमा विकास अध्ययनका लागि पठाउने निर्णय गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४