२८ फागुन, काठमाडौँ । अफगानिस्तानमा अफगान सैनिकले गोली प्रहारबाट तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको हेलमन्द प्रान्तमा रहेको आचिनमा संयुक्त अभ्यासका क्रममा अफगान सैनिकको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको हो । गोली हान्ने अफगानी सैनिकको पनि जवाफी कारबाहीमा मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । यसअघि अमेरिकी र अफगान गठबन्धन सेनाको संयुक्त अभ्यासका क्रममा अमेरिकी सैनिकले दुईजना अफगान सेनाको गोली हानी हत्या गरेका थिए । अफगानिस्तानमा विगत तीन वर्षदेखि तालिवानविरुद्धको कारबाहीमा अमेरिकी गठबन्धन सेना तैनाथ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४