२७ जेठ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहितमा थप कडाइ गरेको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भएको जनाएको छ । शनिबार सम्पन्न निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान वितरण नगर्न दल र उम्मेदवारहरुलाई सचेत गराउने निर्णय गरेको छ । समितिले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई जिन्सी समाग्री बितरणको बारेमा अनुगमन गर्न पनि आयोगले निर्देशन दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४