२५ जेठ, काठमाडौँ । उत्तर कोरियाले एकै पटक चारवटा छोटो दुरीका मिसाइल परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाबको बेवास्ता गर्दै उत्तर कोरियाले बिहीबार बिहानै एकै पटक चारवटा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ । अमेरिकी रक्षा अधिकारीले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेको बिबिसीले जनाएको छ । मिसाइल झण्डै एक सय २५ माइलको दुरीमा खसेको दक्षिण कोरियाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४