२५ जेठ, काठमाडौँ । इरानको संसद भवनभित्र आक्रमण गर्ने इरानी नै रहेको खुलेको छ । बुधबार संसद र सर्वोच्च नेता आयतोल्लाह खोमेनीको समाधीस्थलमा बन्दुकधारीको श्रृखलाबद्ध आक्रमणमा परी १२ जना मारिएका थिए । समाधिस्थलमा आक्रमण गर्ने आत्मघाती सुरक्षा कारवाहीमा मारिएका छन् । दुई जना आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । आईएसले इरानमा गरेको यो पहिलो आक्रमण हो । यसअघि आईएसले इरानका अल्पसंख्यक सुन्नी मुसलमानलाई इरानी सरकारविरुद्ध विद्रोह गर्न उक्साएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४