२४ जेठ, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आज सरकारी निवास बालुवाटार छोड्ने भएका छन । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको सपथ समारोह पछि निर्वतमान प्रधानमन्त्री दाहालले बालुवाटार छोड्ने उनको निजी सचिवालयले जनाएको छ । दिउँसो पौने २ बजे प्रधानमन्त्री देउवाको सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शितल निवास जाने र त्यहिँबाट निजी निवास जाने प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४