२३ जेठ, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । दुबै दलले छुट्टाछुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरेका छन । कांग्रेस–माओवादीले सहमतिको पहिलो बुँदामा माओवादी नेतृत्वको सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ । त्यस्तै दोस्रो र तेस्रो बुँदामा सहिद घोषणा, मुद्दा फिर्ता लगायतका प्रतिवद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा बृद्धि गर्ने उल्लेख गरिएको छ । सहमतिमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४