२३ जेठ, काठमाडौँ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम सिफारिस गरिएको छ । न्यायपरिषदको बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले आफैँले भावी प्रधानन्यायाधीका लागि सिफारिस गरेकी हुन । कार्कीले आइतबार ६ जना न्यायाधीशको संवैधानिक परिषदमा पठाएकी हुन् । न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्माको नाम कार्कीले प्रधानन्यायाधीशका लागि सिफारिस गरेकी हुन । सिफारिसमा सबै उम्मेदवारको व्यक्तिगत विवरणसमेत खुलाइएको छ । गोपाल पराजुलीको जन्ममिति बि.सं. २००९ साउन २१ गते तोकिएको छ । न्याय परिषदको बैठक बस्न नसकेपछि कार्कीले आफैँले नाम सिफारिस गरेकी हुन ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४