२३ जेठ, काठमाडौँ । नेपालले आज भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको एसियन कपको तयारीमै रहेको भारतको निमन्त्रणामा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली भारतको मुम्बईमा छ । खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४